ताजपुरिया संस्कृतिको जगेर्ना गर्न सरकारसँग माग

नेपालभ्युज

ताजपुरिया संस्कृतिको जगेर्ना गर्न सरकारसँग माग

काठमाडौं । ताजपुरिया समुदायका अगुवाहरुले आफ्नो संस्कृति र परम्परा संरक्षण तथा सम्वर्द्धनका लागि पहल गर्न सरकारसँग माग गरेका छन् ।

संविधानको भावना र मर्म अनुसार आदिवासी जनजातिको कला, संस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्न उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

ताजपुरिया समाज कल्याण परिषद्को २८ औं स्थापना दिवसका अवसरमा मोरङको रंगेली नगरपालिका–८ दर्बेशा बजारमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष पुर्णलाल ताजपुरियाले समुदायको परम्परागत संस्कृति जोगाउनुपर्ने बताए ।

पूर्व अध्यक्ष एवम् आदिवासी जनजाति महासंघका पूर्व महासचिव नित्यानन्द ताजपुुरियाले नटुवा, हुदुरधुरा, ढोलसोना लगायत सांस्कृतिक नाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

पूर्वी तराईको झापा र मोरङमा बसोबास गर्दै आएका ताजपुरिया जातिले संविधानले दिएको अधिकारको महसुस गर्न नपाएको उनले गुनासो गरे ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य ऋषिकेश पोखरेलले ताजपुरिया जातिलाई विशेष स्वायत्त क्षेत्र घोषणा गर्न संसदमा माग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा झापा र मोरङ्गबाट प्रतिनिधित्व गरेका टोलीले सांस्कृतिक प्रस्तुति दिएका थिए । राष्ट्रिय जनगणना २०७८ अनुसार ताजपुरिया जातिको संख्या २० हजार ९ सय ८९ छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved