बोडेमा जिब्रो छेड्ने जात्रा धूमधामका साथ मनाईयो, सुजनले छेडे जिब्रो

नेपालभ्युज

बोडेमा जिब्रो छेड्ने जात्रा धूमधामका साथ मनाईयो, सुजनले छेडे जिब्रो
जात्राको फोटो

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा ‘जिब्रो छेड्ने जात्रा’ आज धूमधामका साथ मनाईंएको छ ।

यस वर्ष बोडेका २८ वर्षीय सुजन बागस श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिए । संस्कृति बचाउनका लागि युवाहरू नै अग्रसर हुन पर्छ भन्ने सन्देश दिन हरेक वर्ष जिब्रो छेडाउन युवाहरू तयार हुने श्रेष्ठले बताए ।

नवौँ पटक जिब्रो छेडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको कान्छो छोरा सुजनले गएको वर्ष पनि जिब्रो छेडाएका थिए ।

जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि नै केही नखाई व्रत बस्नुपर्ने नियम छ । त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिध्नबाधा आउने जनविश्वास छ ।

मध्यपुर ठिमी वडा नम्बर २ मा रहेको गणेशको मन्दिर अगाडि गरेको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन छ ।

त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मी लगायत विभिन्न शक्ति पीठमा परिक्रमा गर्दछन् । परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकालिने चलन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved