सेयर बजार : दुई घण्टामा नाघ्यो दुई अर्ब कारोबार

नेपालभ्युज

सेयर बजार : दुई घण्टामा नाघ्यो दुई अर्ब कारोबार
प्रतीकात्मक तस्वीर

काठमाडौं । कारोबारको पहिलो दिन तीन पटकसम्म सकारात्मक सर्किट लागेर बन्द भएको सेयर बजार दोस्रो दिन सोमबार भने तीव्र उतारचढाव देखिएको छ ।  १०ः३० बजे खुलेको प्रि-ओपनिङ कारोबारमा बजार २५ अंक बढेको थियो ।

११ बजे नियमित कारोबार सुरु भएपछि घट्न थालेको बजार ६ मिनेटमै २६ अंक घटेर १९३७ मा झरेको थियो । तर, फेरी ६ मिनेटमा बढेर १९८२ अंकमा पुगेको बजार त्यसपछि भने ओरालो लाग्यो । १२ बजेपश्चात भने बजारमा केही सकारात्मक हुँदै गएको सेयर बजार १ः००सम्म ३३ दशमलव ४५ विन्दुमा पुगेको छ ।

सोमबार १ः००सम्म बजारको प्रि–ओपनिङ कारोबारमा २९३ कम्पनीको ५८ हजार ६ सय ९९ पटकको कारोबारमा ८५ लाख ४१ हजार ५ सय कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ७६ करोड ४६ लाख ३० हजार रहेको छ ।

नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासको मौद्रिक नीति समीक्षामा सेयर कर्जामा लाग्ने जोखिम भार १२५ बनाएसँगै लगानीकर्ताहरूको मनोबल बढेको देखिन्छ ।
जसको परिणाम हिजो(आइतबार) पनि देखियो । आइतबार सेयर बजार १११ दशमलव ८८ अंकले बढेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved