कारले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु

नेपालभ्युज

काठमाडौं । कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

पोखराबाट तालचोकतर्फ जाँदै गरेको बीएए ००४१ नम्बरको कारले पोखरा आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा  हेमजाकी २३ वर्षीय अनिशा खड्का र जीरोकी २४ वर्षीय भावना बराल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका उनिहरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved