खुलेको सेयरबजार फेरि बन्द, अब दिनभर नखुल्ने

नेपालभ्युज

खुलेको सेयरबजार फेरि बन्द, अब दिनभर नखुल्ने

काठमाडौं । कारोबारको पहिलो दिन १११ दशमलव २० अंकले बढेको नेप्से १९६३ दशमलव ९८ मा पुगेर आजलाई बन्द भएको छ ।

६ प्रतिशतले बढेपछि आजको सेयरबजार फेरि बन्द भएको हो। यसअघि पनि खुलेको पाँच मिनेटमा चार प्रतिशतले बढेपछि सेयरबजार बन्द भएको थियो । बन्द भएर खुलेको सेयरबजार फेरि बन्द भएको हो ।

सेयरबजार आज दिनभरका लागि बन्द भएको हो । साताको पहिलो दिन नेप्से परिसूचक बजार खुलेको ५ मिनेट ५१ सेकेन्डमा ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि बन्द भएको थियो ।

पहिलो १ घण्टाभित्र ४ प्रतिशत बजार बढेमा वा घटेमा सर्किट ब्रेकर लाग्ने व्यवस्था छ । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको समीक्षाले सेयर धितो कर्जाको जोखिमभार १२५ मा झारेपछि लगानीकर्तामा मनोबल बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved