हाम्रो सबै कारोबार कानूनबमोजिम र पारदर्शी हुनेछ : एनसेल 

नेपालभ्युज

काठमाडौं । एनसेलले प्रतिस्पर्धाको माध्यमबाट स्पेक्ट्रलाइट युके लिमिटेडले सेयर खरिद गरेको जनाएको छ । एक विज्ञप्ति सार्वजनिक गर्दै एनसेलले कर कानुन उल्लंघन गरेर कुनै पनि कारोबार नगरेको स्पष्ट पारेको छ ।

“एनसेल आजको दिन सम्मको सबै कर दायित्त्वहरु सम्पूर्ण रूपमा पालना गरेको छ र यसको प्रमाणीकरण कर कार्यालयबाट भएको छ । साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुनअनुसार यसको पालना गरिनेछ । यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्ध रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालाहरूलाई एनसेल एक जिम्मेवार वित्तीय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौँ ।” विज्ञप्तिमा भनिएको छ ।

नेपाली मूलका सतिशलाल आचार्यलाई आजियाटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेको थियो । अपारदर्शी, शंकास्पद र कर छली गर्ने उद्देश्य अनुसार सेयर खरिदबिक्री भएको भन्दै त्यसलाई रोकेर छानबिन गर्न संसद्को सार्वजनिक लेखा समितिले बुधबार निर्देशन दिएको थियो ।

एनसेलले पछिल्लो सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको बताएको छ ।

‘सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर ९५३ अर्ब ३८ करोड रुपैयाँ रहेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘जुन कम्पनीको कार्यसम्पादनको आधारमा बिक्रेता कम्पनी ९एक्जियटा०ले निश्चित समयावधिभित्र प्राप्त गर्नेछ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved