टेक्सासमा आमाबुवा सहित ४ जनाको हत्या आरोपमा अभियुक्त पक्राउ

नेपालभ्युज

टेक्सासमा आमाबुवा सहित ४ जनाको हत्या आरोपमा अभियुक्त पक्राउ
सांकेतिक तस्वीर।

ह्युस्टन । अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।

चौतिस वर्षीय शेन जेम्स जुनियर नामका ती व्यक्तिले सोमबार राति १०ः०० बजेतिर क्यालिबर ह्यान्डगनले आफ्ना आमाबुबालाई गोली हानेको आशङ्का गरिएको छ । जेम्सलाई मानसिक स्वास्थ्य समस्या रहेको र घरेलु हिंसाको घटना पछि सेनाबाट हटाइएको जानकारीमा आएको छ ।

मंगलबार सान एन्टोनियोबाट करिब ८० माईल (१२९ किलोमिटर) टाढा अस्टिनका विभिन्न स्थानमा अन्य चार जना व्यक्तिको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

अस्टिन प्रहरी प्रमुख रोबिन हेन्डरसनले बुधबार पत्रकारलाई बताए अनुसार पक्राउ गर्ने क्रममा अभियुक्तले प्रहरीमाथि पनि गोली चलाएका थिए । सिन्ह्रा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved