समिति बैठकमा स्वर्णिम वाग्ले : आजियाटाले नेपालको छवि बिगार्यो, सिईओसँग जवाफ मागौं

नेपालभ्युज

समिति बैठकमा स्वर्णिम वाग्ले : आजियाटाले नेपालको छवि बिगार्यो, सिईओसँग जवाफ मागौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले आजियटा ग्रुपका सिईओलाई अर्थ समितिले पत्र काट्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसद वाग्लेले आजियटा ग्रुपका सिईओले नेपालको लगानीको विषयमा जानकारी दिनुपर्ने बताएका हुन् ।

आजियटाका सिईओ सुदले नेपालमा लगानीको वातावरण नभएको सन्देश दिएको भन्दै वाग्लेले उनको जवाफ माग्नुपर्ने तर्क गरेका हुन् ।

उनले निर्यात प्रवद्र्धन र प्रविधि हस्तान्तरणको लागि पनि राम्रोसँग वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेकोमा जोड दिए ।

सांसद वाग्लले २०८१ वैशाखमा सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको अवस्थामा एनसेलले शेयर बिक्री गरेर बाहिरिनुले उपयुक्त सन्देश नदिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved