ठूला नेतालाई रविको चुनौती- एनसेलबाट खाएको पैसाबारे खुला छानबिन गर्न तयार हो ?

नेपालभ्युज

ठूला नेतालाई रविको चुनौती- एनसेलबाट खाएको पैसाबारे खुला छानबिन गर्न तयार हो ?

काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एनसेल खरिदबिक्री प्रकरणमा ठूला दलका ठूला नेताले पहिल्यैदेखि चलखेल गरेको बताएका छन् । उनले नेताहरुलाई एनसेलबाट खाएको पैसाबारे खुला छानबिन गर्न चुनौतीसमेत दिएका छन् ।

‘स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल थियो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कति रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो ?’

मलेसियन कम्पनी आजियाटाले कर छल्नकै लागि एनसेलबाट शेयर झिकेको धेरैको शंका छ । यस विषयले अहिले धेरैको ध्यान तानेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved