चेल्सी र लिभरपुल विजयी

नेपालभ्युज

चेल्सी र लिभरपुल विजयी

काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुल विजयी भएका छन् ।

चेल्सीले ब्राइटनलाई ३–२ गोल अन्तरले हराएको हो भने लिभरपुलले फुलहमलाई ४–३ गोलले हरायो । लिभरपुल ३१ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । ३३ अङ्क भएको आर्सनल शीर्ष स्थानमा छ ।

यस्तै, गएराति नै भएका खेलमा तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले टोटनहमसँग ३–३ को बराबरी खेलेको छ । सिटीको ३० अङ्क रहेको छ ।

यस्तै, बर्नमाउथ र एस्टोन भिल्लाले २–२ गोलको बराबरी खेल्दा वेष्टह्याम र क्रिस्टल प्यालेसले एक एकको बराबरी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved