रास्वपाको जलेश्वर बैठक सकिनेबित्तिकै हरिशरण रिसाउनु संयोग मात्रै हो ?

'भुत्रा ८४ ? अहिले काम गर न !'

रास्वपा गठन गर्दाताका रिसाएपनि भाइ रवि उपप्रधान एवम् गृहमन्त्री बन्दा भने उनी मन्त्रालय नै पुगेर बधाई दिएका थिए । जवाफमा रविले पनि आफ्नो दाजु हरिशरण सधैँ आफ्नो अभिभावक रहेको बताएका थिए ।

नेपालभ्युज

रास्वपाको जलेश्वर बैठक सकिनेबित्तिकै हरिशरण रिसाउनु संयोग मात्रै हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सहोदर दाजु हरिशरण लामिछाने हिजो लास्टै रिसाए । उनले आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा लगातार ३ वटा स्टाटस राखेका छन् ।

रास्वपाको महोत्तरी, जलेश्वरमा बसेको केन्द्रीय समिति बैठक सकिएलगत्तै हरिशरण रिसले चुर हुनु संयोग मात्रै हो त ? एउटा तहसम्म छलफलको विषय बनेको छ ।

स्रोत भन्छ— हरिशरण रास्वपा केन्द्रीय सदस्यमा मनोनीत हुने आशामा थिए, नभएपछि रिसाए ।

जलेश्वर बैठकमा रहँदा रास्वपा सभापति रहेका भाइ रविले दाजु हरिशरणलाई नसम्झिएको भने पक्कै हो । रविले सांसद डा. स्वर्णिम वाग्लेलाई दोस्रो वरीयताको उपसभापति बनाए । अर्की सांसद सुमना श्रेष्ठ र नेता विपिन आचार्यलाई सहमहामन्त्री बनाउँदा मनिष झा, रमेश प्रसाईं र प्रतिभा रावललाई सहप्रवक्ताको जिम्मेवारी दिए ।

उता दीपक बोहोरा र बसुमाया तामाङ सहकोषाध्यक्ष बन्दा दाजु हरिशरणचाहिँ हेरेको-हेर्‍यै भए ।

त्यसो त हरिशरण-रविबीच त्यत्ति हार्दिक सम्बन्ध छैन । सुरूमा संसदीय निर्वाचनमा काठमाडौं ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भनेका रविले रास्वपा गठन गर्दैताका रिसाएका हरिशरण अहिले थप रिसाएका छन् भाइसँग ।

रविले रास्वपा गठन गरेपछि भाइको पार्टीमा कहिल्यै नजाने घोषणा हरिशरणले गरेका थिए । तर, अहिले भने उनी केन्द्रीय सदस्य पाउने आकांक्षामा रहेको बताइन्छ । तर, केन्द्रीय सदस्य नपाएपछि उनी रिसाएको बताइन्छ ।

भाइ रवि ‘मिसन ८४’ भनेर अघि बढ्दै गर्दा उनले हिजोमात्रै फेसबूकमा लेखेका छन्, “भुत्रा ८४ ? अहिले काम गर न !’

त्यसपछि पनि उनले केही समयको अवधिमै दुईवटा स्टाटस राखेका छन् । “नेता बन्नु पनि छैन । ठूलो मान्छे बन्नु पनि छैन । म जे छु, ठिकै छु । बिथोल्न न आऊ,” उनले त्यसपछिको स्टाटसमा भनेका छन् । त्यसअघि उनी भन्छन्— म पनि यही देशको नागरिक हुँ हेर्दै जाऊ ।

रास्वपा गठन गर्दाताका रिसाएपनि भाइ रवि उपप्रधान एवम् गृहमन्त्री बन्दा भने उनी मन्त्रालय नै पुगेर बधाई दिएका थिए । जवाफमा रविले पनि आफ्नो दाजु हरिशरण सधैँ आफ्नो अभिभावक रहेको बताएका थिए ।

तर, अहिले आएर उनीहरूबीचको तिक्तता छताछुल्ल भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved