नेपाल एयरलाइन्सको प्रष्टीकरण- यात्रुलाई छाडेको होइन, छुटेका हुन्

नेपालभ्युज

नेपाल एयरलाइन्सको प्रष्टीकरण- यात्रुलाई छाडेको होइन, छुटेका हुन्

काठमाडौं । नेपाल एयरलाइन्सले बुधवार बेलुका काठमाडौँ–दुबई उडानको क्रममा ३१ जना यात्रुलाई छाडेको कुरा सत्य नभएको जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत उडेको उक्त जहाजले कसैलाई नछाडेको जनाएको हो । एयरलाइन्सले यात्रु छुटेको तर नियतबश नछाडेको स्पष्टीकरण दिएको हो ।

‘जहाजको उडान तालिका परिवर्तन भएको सबै यात्रुहरूलाई पहिले नै जानकारी गराइएको थियो । फोन, एसएमएस, मेल सबै तरिकाबाट सूचना पुर्‍याइएको हो । तर, केही यात्रुहरू संवेदनशील नभइदिँदा छुट्नु भएको हो’ एयरलाइन्सले भनेको छ ।

एयरलाइन्सको आरए २२९ नम्बरको जहाज बुधवार बेलुका ११ः३० बजे काठमाडौँ–दुबई उडान तालिका थियो । तर प्रधानमन्त्री समेत सोही विमानमार्फत दुबई जाने भएपछि पूर्ववत् उडान सेडूलमा २ घण्टा अघि सारिएको एयरलाइन्सले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved