गोल्छा ग्रुपको बाइसर्क क्याफे अब नक्सालमा

नेपालभ्युज

गोल्छा ग्रुपको बाइसर्क क्याफे अब नक्सालमा

काठमाडौं । गोल्छा ग्रुपले नक्सालमा राइडरहरुलाई विशेष आकर्षित गर्ने उद्देश्य स्वरूप बाइसर्क क्याफे सञ्चालनमा ल्याएको छ । बजाज र केटीएम बाइक बिक्री गर्दै आएको गोल्छा अर्गनाइजेसनको लेगेसीलाई नयाँ आयाम दिँदै चौथो पुस्ता अभिमन्यु गोल्छाले नक्सालको नारायणचौरमा बाइसर्क क्याफे सञ्चालनमा ल्याएका हुन् ।

जसको शुक्रबार उद्घाटन गरिएको छ । हिमालयन जाभाले फुड र ड्रिंक सर्भ गर्ने क्याफेमा गोल्छा ग्रुपले बाइकका गियर र बाइक बिक्री गर्ने कम्पनीले जनाएको छ ।
यस क्याफेमा बाइक, कफी, फुड, राइडिङ गेयर डिस्प्ले हुनुका साथै बाइक खरिद गर्ने ग्राहकहरूसँग डिलिङ गरिने कम्पनीको भनाई छ ।

बाइक पारखीहरूका लागि विशेषगरी बजाज र केटीएमको बाइकिङको एम्बिएन्ससहित जावाको कफी एकै ठाउँमा उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

बाइकिङ गर्नेहरूले यही क्याफेमा बसेर साथीभाइसँग गफगाफ, मिटिङ, टुर प्लानिङ लगायतका कुराहरू गर्ने वातावरण सिर्जना गर्नु कम्पनीको उद्देश्य रहेको सञ्चालक अभिमन्यु गोल्छा बताउँछन् । यसका लागि क्याफेको माथिल्लो तलामा दुई वटा मिटिङ स्पेस पनि निर्माण गरिएको छ ।

विभिन्न क्लबका राइडरको अनुभव आदानप्रदान गर्ने थलोको रूपमा क्याफेलाई विकास गरिने गोल्छाको भनाई छ । उनी भन्छन्, ‘यो क्याफेले राइडिङ कम्युनिटीको मान्छेलाई लाइफ स्वटाइलको अनुभव दिन्छ भन्ने मेरो विश्वास छ ।’

करिब २ करोड लगानीमा सञ्चालन गरिएको बाइसर्क क्याफेमा एक पटकमा सय जना भन्दा बढी ग्राहक अटाउने क्षमता रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved