प्रचण्ड र कतारका विदेश राज्यमन्त्रीबीच भेट, के विषयमा भयो छलफल ?

नेपालभ्युज

प्रचण्ड र कतारका विदेश राज्यमन्त्रीबीच भेट, के विषयमा भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका विदेश राज्यमन्त्रीसुल्तान बिन साद अल–मुखैरीबीच शिष्टाचार भेट भएको छ ।
नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौं आएका अल–मुखैरीले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् ।

भेटमा दुई देशबीचको सम्बन्ध बिस्तारबारे छलफल भएको छ । साथै भेटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved