लचिलो मौद्रिक नीतिले शेयर बजार अप्राकृतिक रूपले बढ्यो : अर्थमन्त्री

नेपालभ्युज

लचिलो मौद्रिक नीतिले शेयर बजार अप्राकृतिक रूपले बढ्यो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले विगतमा राष्ट्र बैंकले लिएको लचिलो मौद्रिक नीतिले शेयर बजार अप्राकृतिक रूपले बढेको टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौंमा भएको राष्ट्रिय कर दिवस समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा।महतले यस्तो टिप्पणी गरेका हुन् ।

उनले कोभिडको समयमा कर्जा प्रवाह गर्न राष्ट्र बैंक मौद्रिक नीति सहज बनाउँदा नेपालको शेयर बजार र घरजग्गाको कारोबार अधिक वृद्धि भएको भन्दै त्यसको असर अहिले अर्थतन्त्रमा परेको दाबी गरे ।

नेपाल राष्ट्र बैंकले पहिले लिएको लचिलो मौद्रिक नीतिले अनावश्यक ठाउँमा धेरै ऋण प्रवाह भएको उनको भनाई छ । उनले पछिल्लो समय मौद्रिक नीति सहज हुनुपर्ने समयमा भने मौद्रिकमा कडाई गर्दा पनि अर्थतन्त्रमा केही असहजता भएको बताए । मौद्रिक नीति सहज हुँदा बैंकबाट प्रवाह भएको कर्जा घरजग्गा कारोबार अनावश्यक रूपले वृद्धि भएको उनले बताए ।

‘गत सालको भन्दा तेब्बर हुने आशले बैंकबाट ऋण लिएर जग्गा र टावरहरूमा पैसा लगाएकाले अहिले अर्थतन्त्रमा समस्या देखियो,’ उनले भने ‘अब निजी क्षेत्रले विगतको पाठ सिकेर प्रतिफल नआउने क्षेत्रफलमा तत्कालका लागि लगानी नगर्नुहुन आग्रह छ ।’

उनले सरकारले पनि प्राथमिकताका क्षेत्रमा मात्रै लगानी गर्न आवश्यक रहेको अर्थमन्त्री महतको भनाई छ । उनले अहिलेको अर्थतन्त्रको समस्या आत्मविश्वासको अभाव भएको भन्दै कुनै एक व्यक्ति डुब्दैमा देशै डुब्छ भन्न नमिल्ने बताए । उनले अर्थतन्त्रमा आजको आजै समस्या नआएको भन्दै अब सकारात्मकतर्फ अगाडि बढेको दाबी गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved