पुल्चोकको मन्त्रीक्वाटर आसपास पनि निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले एक आदेशमार्फत ललितपुरको पुल्चोक आसपास क्षेत्रमा आजदेखि ६ महिनासम्म कुनै पनि प्रदर्शन गर्न नपाउनेगरी निषेधाज्ञा जारी गरेका हुन् ।

नेपालभ्युज

पुल्चोकको मन्त्रीक्वाटर आसपास पनि निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि निषेधाज्ञा जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले एक आदेशमार्फत ललितपुरको पुल्चोक आसपास क्षेत्रमा आजदेखि ६ महिनासम्म कुनै पनि प्रदर्शन गर्न नपाउनेगरी निषेधाज्ञा जारी गरेका हुन् ।

ललितपुर महानगरपालिका– ३ पुल्चोकस्थित यूएन हाउस र मन्त्री निवास पुल्चोकको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी ६ महिनासम्मका लागि पाँचजनाभन्दा बढी व्यक्ति भेला हुन, नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रमलाई निषेध गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

ती क्षेत्रको पूर्वतर्फ इनारमोड जाने मूलवाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तर तर्फ आन्तरिक राजस्व कार्यालय तथा यूएन हाउस र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लालाई निषेध क्षेत्र घोषणा गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved