अर्थतन्त्रबारे प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै 

नेपालभ्युज

अर्थतन्त्रबारे प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै 

काठमाडौं । देशको अर्थतन्त्र गतिशील बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज निजी क्षेत्रसँग छलफल गरी सुझाव लिने भएका छन् ।

देशको अर्थतन्त्रको हालको अवस्था र अबको दिशाबारे निजी क्षेत्रसँग जानकारी लिन प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा छलफल गर्न लागेका हुन् ।

निजी क्षेत्रका प्रतिनिधिलाई दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा बोलाएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
यसअघि प्रधानमन्त्री दाहालले सोमबार बालुवाटारमा अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग अर्थतन्त्रलाई गतिशील बनाउनेबारे छलफल गरेका थिए ।

बैठकमा अर्थमन्त्री महतले अर्थतन्त्रबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । यस्तै राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आफ्ना धारण राखेका थिए । दाहालले केही दिन अघि मात्रै अर्थतन्त्रलाई चलायमान गर्न प्याकेज ल्याउन लागेको बताएका थिए ।

आज निजी क्षेत्रसँग छलफल गर्ने भनिए पनि उक्त बैठकमा अर्थमन्त्री डा। प्रकाश शरण महतलगायत अर्थसम्बन्धी सरकारी निकायका प्रतिनिधि सहभागी हुने सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved