चिनियाँ उपप्रधानमन्त्री र मलेसियाका समकक्षी बीच भेटवार्ता

नेपालभ्युज

चिनियाँ उपप्रधानमन्त्री र मलेसियाका समकक्षी बीच भेटवार्ता

बेइजिङ । चिनियाँ उपप्रधानमन्त्री लिउ गुओझोङल र उनका मलेसियन समकक्षी बीच भेटवार्ता भएको छ । लिउले बिहीबार बेइजिङमा मलेसियाका उपप्रधानमन्त्री फडिल्लाह युसुफसँग भेटवार्ता गरेका हुन् ।

वार्तापछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य समेत रहेका लिउले यस वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङ र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले संयुक्त रूपमा चीन-मलेसिया साझा समुदाय निर्माण गर्ने महत्वपूर्ण सहमति गरेको बताए।

यस किसिमको नयाँ द्विपक्षीय सम्बन्धको विकासले दुई देशको विकासको खाका कोर्न मद्दत पुग्ने विश्वास लिइएको छ । चीन र मलेसिया कृषि तथा मत्स्य स्रोतमा धनी भएको र कृषि तथा मत्स्यपालनको विकास र विस्तारका निम्ति दुवै पक्षले नीतिगत क्षेत्रमा सुदृढ सम्बन्ध विकास गर्दै कृषि उत्पादनको व्यापारलाई निरन्तरता दिनुपर्ने, खाद्य सुरक्षा र सहयोगलाई सुदृढ तुल्याउनुपर्ने धराणा राखे ।

कृषि उत्पादनको व्यापारलाई निरन्तरता दिने, खाद्य सुरक्षामा आदानप्रदान र सहयोगलाई सुदृढ गर्ने, गरिबी न्यूनीकरणमा रचनात्मक नतिजा हासिल गर्ने तथा जनताको हितलाई संयुक्त रूपमा अभिवृद्धि गर्ने लगायतका लक्ष्य राखिएको उनले उल्लेख गरे।

यसैगरी फडिल्लाहले मलेसियाले चीनसँग विभिन्न क्षेत्रमा व्यावहारिक सहयोग प्रगाढ बनाउन र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन मलेसिया इच्छुक रहेको बताएका छन् । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved