कार्तिकमा भारतको थोक मुद्रास्फीति ०.५२ प्रतिशतले संकुचित

नेपालभ्युज

कार्तिकमा भारतको थोक मुद्रास्फीति ०.५२ प्रतिशतले संकुचित

काठमाडौं । भारतको थोक मुद्रास्फीति अक्टोबरमा ०.५२ प्रतिशतले संकुचित भएको छ । भारतको थोक मूल्य सूचकांक अक्टोबरमा ०.५२ प्रतिशतले संकुचित भएको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयलले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

डब्ल्यूपीआई आधारित मुद्रास्फीति दर दक्षिण एसियाली देशमा अप्रिलदेखि सातौँ महिनामा ऋणात्मक क्षेत्रमा रहेको छ । डब्ल्यूपीआई खाद्य मुद्रास्फीति सेप्टेम्बरमा १.५४ प्रतिशतबाट अक्टोबरमा १.०७ प्रतिशतमा झरेको छ ।

अक्टोबरमा निर्मित उत्पादन समूहको सूचकांक सेप्टेम्बरमा जस्तै १४०.३ (अस्थायी)मा रह्यो । प्राथमिक लेख समूहको सूचकांक सेप्टेम्बरको १८२.४ (अस्थायी)बाट अक्टोबरमा ५ प्रतिशतले बढेर १८४.५ (अस्थायी) पुगेको छ ।

इन्धन र ऊर्जा समूहको सूचकांक अघिल्लो महिनाको १५३.१ (अस्थायी)बाट अक्टोबरमा ०.६५ प्रतिशतले बढेर १५४.१ (अस्थायी) पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved