११ दशमलव ८५ अंकले घट्यो नेप्से

नेपालभ्युज

११ दशमलव ८५ अंकले घट्यो नेप्से

काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयर बजार ११ दशमलव ८५ अंकले घटेको छ । आज घटेको नेप्से परिसूचक १८५२ दशमलव ०८ विन्दुमा पुगेको छ ।

 

बिहीबार २८२ कम्पनीका २७ हजार ८ सय ४५ पटकको कारोबारमा २८ लाख ३३ हजार कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने ८३ करोड ६० लाख रहेको छ ।

 

त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि सामान्य अंकले घटेको छ । आज १ दशमलव ३६ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३५७ दशमलव ०४ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved