भूकम्पकै दिन ‘मधुमस्ती’ भन्दै पोस्ट गरेपछि राजेश हमाल आलोचित

नेपालभ्युज

भूकम्पकै दिन ‘मधुमस्ती’ भन्दै पोस्ट गरेपछि राजेश हमाल आलोचित

काठमाडौं । अभिनेता राजेश हमाल घुमफिर र पारिवारिक गतिविधिका पोस्टकै कारण आलोचित बनेका छन् ।

केही वर्षयता सामाजिक सञ्जालका सक्रिय प्रयोगकर्ता उनी सामाजिक र राजनीतिक घटनाक्रममा मौन रहन्छन् । तर, आफ्ना पारिवारिक गतिविधिका पोस्ट गरिरहेकै हुन्छन् ।

यसैक्रममा हमालको पछिल्लो सामाजिक सञ्जाल पोस्ट भने विवादित बनेको छ ।

शनिबार जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा डेढ सयभन्दा बढी नागरिकले ज्यान गुमाए । देश अहिले शोकमा रहिरहँदा उनले ‘मधु मस्ती’ भन्दै पत्नीसहितका युगल तस्वीर पोस्ट गरे ।

एकातिर भूकम्पको आलोघाउ र शोक, अर्कोतिर हमालको ‘मस्ती’ प्रेरित फेसबुक स्ट्याटसमा उनलाई आलोचना आइरहेको छ । हमालको पोस्ट असान्दर्भिक भएको भन्दै फ्यानले आलोचनात्मक टिप्पणी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved