गाजा पट्टीमा फसेका एघार श्रीलङ्काली स्वदेश फर्किए

नेपालभ्युज

गाजा पट्टीमा फसेका एघार श्रीलङ्काली स्वदेश फर्किए

कोलम्बो । गाजा पट्टीमा फसेका दुई वयस्क र नौ बालबालिकासहित दुई परिवारका ११ जना श्रीलङ्काली नागरिक आइतबार सकुशल श्रीलङ्का आइपुगेका छन् ।

कन्सुलर सेवा विभागले कायरो, रामल्लाह र तेल अभिवमा रहेको श्रीलङ्काका नियोगसँगको सहकार्यमा उक्त व्यवस्थाको समन्वय गरेको मन्त्रालयले जनाएको छ ।

गाजा पट्टीबाट ११ जना श्रीलङ्कालीलाई राफा बोर्डर क्रसिङ हुँदै इजिप्ट प्रवेश गर्न काएरोस्थित श्रीलङ्काली दूतावासले नोभेम्बर २ मा इजिप्टका अधिकारीहरूसँगको समन्वयमा सहजीकरण गरेको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा स्वदेश फर्कने नागरिकका लागि रसद र हवाई यातायातको व्यवस्था गर्न सहजीकरण गरेको जनाएको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved