भूकम्प प्रभावितलाई उद्धार, राहतका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा 

नेपालभ्युज

भूकम्प प्रभावितलाई उद्धार, राहतका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा 

काठमाडौं । भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनस्थापनाका विषयमा छलफल गर्न मन्त्रीपरिषद् बैठक सिंहदरबारमा जारी छ।
शुक्रबार राति गएको भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेर फर्किएपछि आइतबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचारका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा ५-५ करोड रूपैयाँ पठाउने निर्णय गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved