गोकर्णेश्वर नगरपालिकाले भूकम्पपीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने

नेपालभ्युज

गोकर्णेश्वर नगरपालिकाले भूकम्पपीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । जाजरकोट भूकम्पपीडितलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

भूकम्पका कारण कठिन दैनिकी बिताउन बाध्य नागरिकलाई राहतस्वरुप उक्त रकम उपलब्ध गराउन लागिएको गोकर्णेश्वरका नगरप्रमुख दीपक रिसालले जानकारी दिए ।

यसअघि बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारले पनि राहत सहयोगको घोषणा गरिसकेका छन् ।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved