उपेन्द्र यादवको शंका- सत्तारुढ दलले नै संघीयता खारेज गर्ने खतरा बढ्यो

नेपालभ्युज

उपेन्द्र यादवको शंका- सत्तारुढ दलले नै संघीयता खारेज गर्ने खतरा बढ्यो

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दलहरुले नै संघीयता खारेज गर्ने सम्भावना बढेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले हालसम्म संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन नल्याएको भन्दै सत्तारुढ दलहरुले नै संघीयता खारेज गर्छन् कि जस्तो देखिएको बताएका हुन् ।

उनले ‘प्रदेशलाई अधिकार, कानून र कार्य गर्ने आवश्यक जनशक्ति नदिँदा संघीय लोकतान्त्रिक गणतन्त्र कसरी टिक्छ ?’ भनेर प्रश्नसमेत गरे । संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने कुरामा गम्भीर प्रश्न रहेको उनको भनाइ थियो ।

उनले अगामी दिनमा लामो समयसम्म संसद अवरुद्ध हुने र संसदमा विधेयक नल्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved