संसारको सबैभन्दा सुन्दर पक्षी चिन्नुभएको छ ?

नेपालभ्युज

संसारको सबैभन्दा सुन्दर पक्षी चिन्नुभएको छ ?

एजेन्सी । संसारभर कैयौँ प्रकारका चराचुरुङ्गीहरू छन् जसमा केही हेर्दा पनि एकदमै सुन्दर देखिन्छन् । यस्तो चराहरूको बारेमा सोच्दा के तपाईँले संसारको सबैभन्दा सुन्दर चरा कुन हो भनेर सोच्नुभएको छ ? आउनुहोस् जानौँ यसबारेमा–

संसारको सबैभन्दा सुन्दर पंक्षी धेरै देशहरूमा पाइन्छ । यो विशेष गरी पहाडी तथा जङ्गल भएको स्थानहरूमा पाइन्छ । यसका रंगीविरंगी पखेटा तथा सुनौला रौँहरू हुन्छन् । त्यसैले गर्दा नै यो संसारको सबैभन्दा सुन्दर पक्षी मानिन्छ ।

तपाईँलाई भनिहालौँ संसारको सबैभन्दा सुन्दर पक्षीको नाम गोल्डन पिजेन्ट हो । यसलाई नेपालीमा सुनौलो कालिज भनिन्छ । यो चराको शरीरमा सबैभन्दा सुन्दर पुच्छरलाई मानिन्छ ।

विशेष गरी सुनौलो कालिज पोथी अझ भाले भन्दा रङ्गिन हुने गर्छ । यो पक्षीको लम्बाई ६० देखि ११५ सेन्टिमिटरसम्म हुने गर्छ । जब यी चराले आफ्ना पखेटा फैलाउँछन्, लगभग ७० सेन्टिमिटरसम्म फैलिन्छन् । यो दृश्य हेर्दा पनि एकदमै सुन्दर देखिन्छ ।

यो संसारको सबैभन्दा सुन्दर पक्षीको तौल लगभग ५०० देखि ७०० ग्रामसम्म हुने गर्छ । सुनौलो कालिज धेरै जसो चीनको पहाडी तथा जङ्गलको भूभागमा पाइने गर्छ । यो चरालाई पहाडी तथा जङ्गलको भूभाग धेरै मन पर्छ । यसले घाँस, पात, तथा किराहरू खानेगर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved