ग्रामीण सडक बनाउन १३ अर्ब बराबरको ऋण लिँदै सरकार 

नेपालभ्युज

ग्रामीण सडक बनाउन १३ अर्ब बराबरको ऋण लिँदै सरकार 

काठमाडौँ । नेपाल सरकारले नेपालको ग्रामीण सडक सञ्जाल सुधार तथा विस्तारका लागि १३ अर्ब बराबरको ऋण लिने भएको छ । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बिच सम्झौता गर्दै उक्त ऋण पत्रमा हस्ताक्षर भएको हो ।

एसियाली विकास बैंक(एडिबी)ले नेपालको ग्रामीण सडक सुधारका लागि नेपाललाई करिब १३ अर्ब ९१० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो ।

आज अर्थ मन्त्रालयमा एक औपचारिक कार्यक्रमकाबीच अर्थ सचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकका नेपालका लागि देशीय निर्देशक आर्नोड काओसिसले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका लागि यो एडिबीबाट भएको अतिरिक्त वित्तीय लगानी हो । कूल तीन सय २४ किलोमिटर सडक सञ्जाल सुधार तथा विस्तारका लागि यो रकम खर्च गरिनेछ । प्रदेश सरकारले कार्यान्वयन गर्ने यो परियोजनाले समावेशी विकासको अवधारणा र सङ्घीयता कार्यान्वयनलाई सघाउने अर्थ सचिव पुष्करले विश्वास व्यक्त गरे ।

“ग्रामीण क्षेत्रमा समावेशी विकास र आर्थिक सबलीकरणसँगै यो परियोजनाले सङ्घीयता कार्यान्वयनमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ”, अर्थ सचिव पुष्करले भने, “बाढी पहिरोलगायतका समस्याबाट सडक सञ्जालसँगै ग्रामीण जनजीवन पनि बिग्रिएको छ । यो परियोजनाले उक्त समस्या समाधानमा भूमिका खेल्नेछ ।”

एडिबीका देशीय निर्देशक आर्नोड काओसिसले विभिन्न पाँच प्रदेशमा गुणस्तरीय र पर्यावरणमैत्री सडक पूर्वाधार निर्माणका लागि यो ऋण सम्झौता भएको बताए । । सडक मर्मत सम्भारसँगै पुल निर्माण, सडक सुरक्षा तथा व्यवस्थापनलगायतका काम यो आयोजनामार्फत गरिनेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved