जाडोमा तोरीको साग खानुका फाइदै फाइदा

नेपालभ्युज

जाडोमा तोरीको साग खानुका फाइदै फाइदा

एजेन्सी । कात्तिक महिना लागेसँगै देशभर चिसो पनि बढ्दै जान थालेको छ । यस्तोमा तोरीको साग खाने बेला पनि आएको छ । यो समयमा हरेक घरमा दिनहुँ जसो तोरीको साग पाक्ने गर्छ । यो स्वादिस्ट हुनुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक नै हुन्छ ।

आउनुहोस् तोरीको साग खाँदा शरीरमा हुने फाइदाहरुका बारेमा पनि जानौं । तोरीको साग एकदमै गुणकारी हुने गर्छ । यसमा फाइबर, भिटामिन, आइरन, फोलिक एसिड, क्याल्सियम, पोटाशियम, फस्फोरस तथा म्याग्नेशियम जस्ता पोषक तत्वहरु पाइन्छ ।

यदी तपाईं तौल घटाउन चाहनुहुन्छ भने तोरीको साग एकदमै राम्रो विकल्प हो । तोरीको सागमा क्यालोरी कम हुन्छ र फाइबर धेरै हुन्छ जसले गर्दा मेटाबोलिज्म बढ्छ र तौल कम गर्न सहयोग हुन्छ ।

जाडोमा तोरीको सागको सेवन गर्नु मानिसको आँखाका लागि पनि एकदमै फाइदाजनक हुन्छ । तोरीको सागमा भिटामिन ए को राम्रो मात्रा पाइन्छ । यसले आँखाको रोशनीलाई सुधार्ने काम गर्छ । त्यस्तै पाचन तन्त्रका लागि पनि तोरीको साग राम्रो हुन्छ । यसमा फाइबरको मात्रा हुने भएकाले पाचन तन्त्रलाई बलियो बनाउने काम गर्छ ।

तोरीको सागको नियमित सेवनले हड्डी पनि बलियो हुन्छन् । तोरीको सागमा क्याल्सियम तथा पोटाशियमको मात्रा राम्रो पाइन्छ । यी दुबै पोषक तत्व हड्डी बलियो बनाउन तथा कैयौं विमारीहरुको जोखिमलाई कम गर्ने गर्छ ।

तोरीको सागमा पोटाशियम पाइन्छ जसले मुटु सम्बन्धी समस्याहरुमा पनि राम्रो काम गर्छ । यसले कोलेस्ट्रोल लेवललाई नियन्त्रण गर्ने गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved