सुनचाँदीको भाउ स्थिर

नेपालभ्युज

सुनचाँदीको भाउ स्थिर

काठमाडौँ । दशैंयता निरन्तर बढिरहेको सुनचाँदीको भाउ आज(आइतबार) भने स्थिर रहेको छ । शुक्रबारको तुलनामा शनिबार तोलामा एक हजारले बढेको सुनको भाउ आइतबार पनि स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ रहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ कायम रहेको छ ।

आज स्थिर रहेको चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved