यू-१९ प्रिमियर कपको उपाधि लिएर स्वदेश फर्कियो नेपाली टोली

नेपालभ्युज

यू-१९ प्रिमियर कपको उपाधि लिएर स्वदेश फर्कियो नेपाली टोली

काठमाडौं। एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेटको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किएको छ ।

अविजित रहँदै उपाधि जितेको टोली बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । टोलीको कप्तानी देव खानल गरेका थिए । जगत टमाटा भने टोलीको मुख्य प्रशिक्षक थिए ।

अब च्याम्पियन टोलीले डिसेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा प्रतिस्पर्धा गर्नेछ । नेपालसँगै यूएई र जापान पनि एसिया कपमा छनोट भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved