राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

नेपालभ्युज

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको नवौं दिन महानवमीमा नवकन्याको पूजा गरेका छन् ।

राष्ट्रपति पौडेलले शीतल निवासमा विशेष समारोहकाबीच नवदुर्गाको अवतारस्वरुप नवकन्याको पूजा गरेका हुन् ।

राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार प्रदान गरेका थिए ।

हरेक वर्ष दशैंको अवसरमा महानवमीको दिन राष्ट्र प्रमुखले नवकन्याको पूजा गर्ने प्रचलन रहेको छ ।

दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नवकन्याको पूजा गर्ने गरिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved