सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम ९७ करोड 

नेपालभ्युज

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम ९७ करोड 

काठमाडौँ । साताको कारोबारको पाँचौँ दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ । ४ दशमलव ०५ अंकले घटेको नेप्से परिसूचक १९०३ दशमलव ८४ विन्दुमा पुगेको छ ।

आज २८४ कम्पनीको २५ हजार पाँच सय २० पटकको कारोबारमा ३७ लाख ६६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९७ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने बढेको छ । ० दशमलव १३ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३६७ दशमलव ११ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved