हुम्लामा भारतीय सहयोगले दुई विद्यालयको निर्माणपछि हस्तान्तरण 

नेपालभ्युज

हुम्लामा भारतीय सहयोगले दुई विद्यालयको निर्माणपछि हस्तान्तरण 

काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा निर्मित दुई वटा परियोजनाको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । भारतका राजदूत, महामहिम नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिहरू मिलेर परियोजनाको संयुक्त रूपमा उद्घाटन गर्दै हस्तान्तरण गरिएकाे हो ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारका नेरू ५‍‍‍‍‍‍‍‍.५२३ करोड अनुदान सहयोगमा सर्केगाड गाउँपालिकास्थित निर्मित विद्यालय भवन श्री सरस्वती मा.वि. उद्घाटन गरिएको छ ।

त्यस्तै, चंखेली गाउँपालिकास्थित श्री महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय भवनको उद्घाटन तथा विद्यालयलाई हस्तान्तरण समेत गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved