टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजका लागि नेपाली टोली तयार

नेपालभ्युज

टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजका लागि नेपाली टोली तयार

काठमाडौं। नेपाल टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजको लागि नेपाल तयार रहेको राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलले बताएका छन्।

मङ्गलबार भएको प्रि–म्याच कन्फरेन्समा कप्तान पौडेलले नेपाल तयार रहेको बताएका हुन्। राष्ट्रिय टोलीका कप्तान रोहितले भने,’हामीले राम्रो तयारी गरेका छौँ। राजस्थान रोयल्सको एकेडेमीमा भएको प्रशिक्षण निकै फलदायी भयो। राम्रो टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पायौँ।’ उनले सन्दीप लामिछानेको अनुपस्थितिमा टोलीमा केही असर पर्ने पनि बताए।

यूएई कप्तान मुहम्मद वसीमले भने, ‘घरेलु मैदानको नेपाललाई पक्कै फाइदा हुनेछ। राम्रो तयारी गरेका छौँ। राम्रो क्रिकेट प्रदर्शन गर्नेछौँ।’ सचिव तथा प्रतियोगिताको निर्देशक पारस खड्काले भने, ‘प्रतियोगितालाई भव्य बनाउन सबै तयारी पूर्ण भएको छ।’

अन्तिम टोलीमा १८ सदस्य राखिएको प्रश्नबारे सचिव खड्काले टोलीमा चुनौती ल्याउनका लागि मुख्य प्रशिक्षक मोन्टी देशाईंको आग्रहमा १८ जनालाई राखिएको बताए। यस्तै, नेपालको घरेलु क्रिकेट सङ्घर्षरत भएको र मुख्य प्राथमिकतामा रहेको सचिव खड्काले बताए।

छोटो समयमा प्रायोजकसँग समन्वय गरी प्रतियोगिताको आयोजना गरिएकोले अवार्ड प्रदान दिने तर पुरस्कारराशी नराखिएको क्यानले जनाएको छ। कार्यक्रममा हङकङ क्रिकेट टोलीको प्रतिनिधि भने उपस्थिति थिएनन्। प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरिएको थियो। प्रतियोगितामा नेपाल, हङकङ र यूएईबीच प्रतिस्पर्धा हुनेछ।

बुधबार हुने उद्घाटन खेलमा नेपाल र यूएई आमने सामने हुनेछन्। कात्तिक २ गते हुने दोस्रो खेलमा नेपाल र हङकङ आमने-सामने हुनेछन्।

तेस्रो खेलमा नेपाल र हङकङ कात्तिक ४ गते भिड्नेछन् । कात्तिक ६ गते भने नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ। यी सबै खेल मूलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ। प्रतियोगिताको फाइनल भने कात्तिक १० गते त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछ। प्रतियोगितामा नेपाल, हङकङ र यूएईबीच प्रतिस्पर्धा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved