६ महिनादेखिको तलब नपाएपछि टेलिभिजनका कर्मचारीले उठाए क्यामेरा र कम्युटर

नेपालभ्युज

६ महिनादेखिको तलब नपाएपछि टेलिभिजनका कर्मचारीले उठाए क्यामेरा र कम्युटर

काठमाडौं । ६ महिनादेखिको तलब नपाएपछि ललितपुरको एक टेलिभिजनमा कार्यरत कर्मचारीले क्यामेरा र कम्युटर उठाएका छन् ।

६ महिनादेखिको लाखौं रुपैयाँ तलब नपाएपछि ललितपुर पुल्चोकमा रहेको अर्थ टेलिभिजनका कर्मचारीले क्यामेरा र कम्युटर उठाएका हुन् ।

टेलिभिजनले दसैंमा समेत काम गरेको भुक्तानी नदिएको भन्दै आक्रोशित दर्जनाैं कर्मचारीले क्यामेरा र कम्युटरदेखि केही फर्निचरहरु पनि उठाएका हुन् ।

अर्थ टिभीका सञ्चालक उपकार ग्रुपका केदारनाथ शर्मा ठगी आरोपमा जेलमा छन् ।

अर्थ टेलिभिजनसँगै अरु थुप्रै टेलिभिजन र अनलाइन मिडियाले कर्मचारीलाई नियमित तलब दिएका छैनन् ।

यो पनि पढ्नुहोस्

संकटमा नेपाली मिडिया : धमाधम बन्द हुँदै टेलिभिजन च्यानल र पत्रिका


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved