भ्यु होटल सिद्धार्थ ‘साउथ एसियन ट्राभल अवार्ड २०२३’ बाट सम्मानित

नेपालभ्युज

भ्यु होटल सिद्धार्थ ‘साउथ एसियन ट्राभल अवार्ड २०२३’ बाट सम्मानित

काठमाडौं। सिद्धार्थ बिजनेस ग्रुपद्वारा सञ्चालित भ्यु होटल सिद्धार्थ, नेपालगञ्ज ‘साउथ एसियन ट्राभल अवार्ड २०२३’ बाट सम्मानित भएको छ । मिटिङ तथा कन्फ्रेरेन्स होटल/रिसोर्टमा नेतृत्वदायी भूमिका खेलेको भन्दै सो अवार्डबाट होटललाई सम्मानित गरिएको हो ।

नेपालसहित विभिन्न ६ राष्ट्रको प्रतिनिधित्व रहेको यस संस्थाले हरेक वर्ष पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा क्रियाशील विभिन्न कम्पनीलाई अवार्ड दिँदै आएको छ । जसअन्तर्गत यस वर्षको सो अवार्ड होटल सिद्धार्थ नेपालगञ्जले पाएको हो ।

होटलका तर्फबाट सो अवार्ड ग्रुपका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपाने, कर्पोरेट सेल्स एन्ड मार्केटिङ म्यानेजर निरपेश श्रेष्ठ र क्लस्टर सेल्स एन्ड मार्केटिङ म्यानेजर नवीन भट्टले संयुक्त रूपमा लिएका थिए ।

नेपाल भ्युजसँग गरिएको कुराकानीमा होटल सिद्धार्थ बुटिकका प्रबन्धक रबिन अर्यालका अनुसार  मिटिङ तथा कन्फ्रेरेन्स होटल/रिसोर्टमा नेतृत्वदायी भूमिका खेलेकाले होटललाई सो अवार्डबाट सम्मानित गरिएको हो ।

विभिन्न क्षमताका ६ वटा हल छन् । ११०० जनाभन्दा बढी अट्ने हल सहितका अन्य हलहरूमा विभिन्न सभा/सम्मेलन गर्न सकिने होटलले जनाएको छ ।

फोर स्टार स्ट्यान्डर्डको यस होटल वि.सं. २०६५ भदौदेखि सञ्चालनमा आएको हो ।

होटलमा स्विट, जुनियर स्विट, फ्यामिली स्विट, डिलक्स र स्ट्यान्डर्ड प्रकृतिका १२५ वटा रुम छन् । होटलले फाइभ स्टार स्ट्यान्डर्डको सेवाहरू दिँदै आएको यस होटलमा रेस्टुरेन्ट, इन्टरनेसनल कुजिन, रुफटम रेस्टुरेन्ट, पुल बार, डे डाइनिङ लगायतका सुविधा छन् । जहाँ ग्राहकले आफ्नो रुचिअनुसारको अनुभव लिन सक्नेछन् ।

होटलमा १३ हजार ५०० स्क्वायर फिटमा फैलिएको ब्याङ्क्वेट हलका साथै स्पा, सलोन र फिटनेस सेन्टरसमेत रहेको छ ।

होटलबाट नजिकैको दूरीमा नेपालगञ्जको प्रसिद्ध वागेश्वरी मन्दिर, नेपालगञ्जको पुरानो बजार, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, सन्तानेश्वर मन्दिर, महेन्द्र पार्कलगायत छन् । जहाँ होटलका ग्राहकहरूले उत्साहका साथ अवलोकन गर्न सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved