नेप्सेमा १९.०६ अंकको गिरावट, १ अर्ब २८ करोडको कारोबार

नेपालभ्युज

नेप्सेमा १९.०६ अंकको गिरावट, १ अर्ब २८ करोडको कारोबार

काठमाडौं। सेयर बजार परिसूचक नेप्से  लगातार तेस्रो कारोबार दिन पनि गिरावट भएको छ । गत बिहीबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमालाई बढाएर व्यक्तिगतमा १५ करोड र संस्थागतमा २० करोड बनाएपछि नेप्सेमा लगातार  गिरावट भएको हो

साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्सेमा १९.०६ अंकको गिरावट हुँदा १८८९.५९ को विन्दुमा झरेको छ । नेप्से साढे ५ महिनापछि १९०० को विन्दुबाट तल भरेर बन्द भएको हो । हिजो सोमबार १२.५८ अंकले गिरावट भएको थियो ।

मंगलबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको हो । हाइड्रोपावर उपसूचक सर्वाधिक १.७९ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक १.६९ प्रतिशतले गिरावट भएको छ । यस्तै होटल तथा पर्यटन उपसूचक पनि १.५८ प्रतिशतले गिरावट भएको छ ।

मंगलबार नेप्सेमा ४४ हजार ६९ वटा कारोबारमा ४२ लाख ८७ हजार ४२४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । आज कारोबार रकम भने बढेर १ अर्ब २८ करोड ३२ लाख पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved