प्रभु साह भन्छन्- अहिलेको शिक्षा विधेयकले शैक्षिक समस्या समाधान गर्दैन, फिर्ता हुनुपर्छ

नेपालभ्युज

प्रभु साह भन्छन्- अहिलेको शिक्षा विधेयकले शैक्षिक समस्या समाधान गर्दैन, फिर्ता हुनुपर्छ

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विद्यालय शिक्षा विधेयक सरकारले फिर्ता लिनुपर्ने बताएका छन् ।

अध्यक्ष साहले संसदमा पेश गरिएको विधेयकले मुलुकको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न नसक्ने भएकाले फिर्ता गर्नुपर्ने बताएका हुन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले विधेयकमा शिक्षा क्षेत्रलाई उत्पादनसँग जोडने, अवैधानिक रुपमा खुलेको शिक्षण संस्थाहरुलाई वैधानिक बनाउने कुनै पनि खालको सोच नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

अध्यक्ष साहले सो विधेयकले विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई समेत समेट्न नसकेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved