दिदीबहिनीलाई सर्पले डस्दा एकको मृत्यु, एक गम्भीर

नेपालभ्युज

दिदीबहिनीलाई सर्पले डस्दा एकको मृत्यु, एक गम्भीर

कृष्णनगर । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ भलवाड जिनुवामा एकै परिवारका दुई दिदीबहिनीलाई सर्पले डस्दा एक जनाको मृत्यु भएको छ ।

सर्पदंशका कारण एक जनाको अवस्था गम्भीर छ । जिनुवास्थित मोतिलाल क्षेत्रीका छोरी ३ वर्षीया रीतिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मङ्गलबार राति सर्पले डसेको हो ।

गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा तीन वर्षीया रीतिकाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना नेत्रबहादुर रानाले जानकारी दिए । भैरहवा मेडिकल कलेजमा इशिकाको उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved