सरकार र आन्दोलनरत चिकित्सकबीच पनि वार्ता सुरु

नेपालभ्युज

सरकार र आन्दोलनरत चिकित्सकबीच पनि वार्ता सुरु

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता सुरु भएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सकमाथि कुटपिट भएको विरोधमा आन्दोलनमा उत्रिएका चिकित्सकसँग सरकारले वार्ता गरेको हो ।

सरकारी तर्फबाट वार्ताको नेतृत्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका छन् ।

गृहमन्त्रालयमा जारी वार्तामा स्वास्थ्यमन्त्रालयका अधिकारी पनि सहभागीसँगै स्वास्थ्यकर्मी ट्रेड युनियन, मेडिकल काउन्सिल, चिकित्सक संघलगायतका प्रतिनिधि उपस्थित छन् ।

स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डाक्टरहरू सडकमा उत्रिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved