लिभरपुलले वेस्ट ह्यामलाई हरायो, शेफिल्डको पोष्टमा न्युक्यासलको ८ गोल

नेपालभ्युज

लिभरपुलले वेस्ट ह्यामलाई हरायो, शेफिल्डको पोष्टमा न्युक्यासलको ८ गोल

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल विजयी भएको छ ।

गएराति भएको खेलमा । लिभरपुलले वेस्ट ह्यामलाई ३-१ ले पराजित गरेको छ । लिभरपुलका लागि मोहम्मद सालाह, डार्विन नुनेज र डिएगो जोटाले समान एक-एक गोल गरेका थिए ।

जित पछि लिभरपुल छ खेलमा १६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ भने पराजित वेस्ट ह्याम १० अंक सहित सातौं स्थानमा छ ।

अर्को खेलमा गर्दै चेल्सीले भने एस्टन भिल्लासँग १-० को हार बेहोर्यो । पराजित चेल्सीले यस सिजन छ खेलमा मात्र एक जितका साथ १४ औं स्थानमा रहेको छ भने भिल्ला समान छ खेलमा १२ अंक सहित छैटौं स्थानमा छ ।

गएराति नै न्युक्यासलले शेफिल्ड युनाइटेडलाई ८-० गोलले हरायो । खेलमा ८ गोल ८ फरक खेलाडीले गरेका थिए।

गएराति नै आर्सनल र टोटेनहमको खेल पनि २-२ गोलको बराबरीमा टुंगियो । टोटेनहमका कप्तान ह्युङ मिन सनले २ गोल गर्दा आर्सनलका बुकायो साकाले १ तथा अर्को गोल आत्मघाती भएको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved