प्रिमियर लिग : सिटीको विजयी यात्रा जारी, युनाइटेडले बर्नलीलाई हरायो

नेपालभ्युज

प्रिमियर लिग : सिटीको विजयी यात्रा जारी, युनाइटेडले बर्नलीलाई हरायो

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा  म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १–० गोलले हराएको छ । उसका ब्रुनो फर्नान्डेजले खेलको ४५औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै युनाइटेड ६ खेलमा ९ अङ्ककासाथ तालिकाको आठौँ स्थानमा उक्लिएको छ ।

यस्तै, म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० गोलले हराएको छ । लिगमा अपराजित यात्रा कायमै राखेको सिटीले ६ खेलमा १८ अङ्क जोडेको छ । सिटी अङ्कतालिकाको शीर्ष स्थानमा छ।

सिटीका फिल फोडेन र एर्लिङ हालान्डले एक/एक गोल गरे । सिटी दोस्रो हाफमा १० खेलाडीमा समेटिएको थियो । उसका रोड्रीले रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

अर्को खेलमा एभर्टनले ब्रेन्टफोर्डलाई ३–१ गोलले हराएको छ । त्यस्तै, लुटन टाउन र वुल्भ्सले एक/एक गोलको तथा क्रिष्टल प्यालेस र फुलह्यामले गोलरहित बराबरी खेलेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved