अनौठो बिरुवा जसले डिजेल दिन्छ

नेपालभ्युज

अनौठो बिरुवा जसले डिजेल दिन्छ

एजेन्सी । पृथ्वीमा त्यस्ता कैयौं अनौंठा बिरुवा छन् जसको बारेमा तपाईंले सुन्नुभएको पनि छैन होला । तर, तपाईंलाई थाहा छ, एउटा बिरुवाको बारेमा जसलाई डिजल प्लान्ट भनिन्छ । यसको विशेषता जान्नुहोस् ।

सामान्य तथा आम बोलचालको भाषामा जेट्रोफा नामक बिरुवालाई डिजल प्लान्ट पनि भनिन्छ । खासगरी, यस बिरुवाको बिजबाट बायोडिजल निकाल्ने गरिन्छ ।

– जेट्रोफाको खेतीका लागि उष्णकटिबंधीय जलवायुको आवश्यकता पर्दछ । किनकि, यो बिरुवा शुष्क क्षेत्रमा मात्र पाइन्छ ।

– यस बिरुवाको खेतीका लागि यस्तो खेतको आवश्यकता पर्दछ, जहाँ पानीको निकासी सही होस् ।

– जेट्रोफाको बिरुवालाई खेतमा लगाइँदैन । पहिला यसको नर्सरी बनाइन्छ । त्यसपछि यसलाई खेतमा सारिन्छ ।

– यस बिरुवाको खेती पनि सजिलो हुन्छ यसलाई एकपटक लगाएपछि ३ देखि ४ वर्षसम्म फल दिइरहन्छ ।

– जेट्रोफाको बिरुवाबाट डिजल बनाउने प्रक्रिया पनि त्यति गाह्रो छैन । पहिला यसको बिरुवाबाट फलहरूलाई अलग गरिन्छ । पछि उक्त फलहरूलाई राम्रोसँग सफा गरेर एउटा मसिनमा राखेर यसबाट तेल निकालिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved