आन्दोलनरत शिक्षकको तस्वीर शेयर गर्दै बालेनले पोष्ट गरे देवकोटाको कविता

नेपालभ्युज

आन्दोलनरत शिक्षकको तस्वीर शेयर गर्दै बालेनले पोष्ट गरे देवकोटाको कविता

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शिक्षकहरुले आन्दोलनका क्रममा सडकछेउका बोटबिरुवा मासेको तस्वीर शेयर  गर्दे महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता पोष्ट गरेका छन् ।

बोटबिरुवा र दुबो मासेको प्रति ब्यंग्य  गर्दै मेयर शाहले  बिहीबार साँझ सामाजिक सञ्जालमा महाकवि  देवकोटाको कविता पोष्ट गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्,
‘नटिप्नु हेर कोपिला
नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फूल नानी हो
दया र धर्म भाग्दछ
–महाकवि लक्ष्मीप्रसाद देवकोटा’

सरकारले संसद्‌मा दर्ता गरेको प्रस्तावित शिक्षा विधेयकविरुद्ध  आन्दोलनमा उत्रिएका शिक्षकहरुले  विरोध प्रदर्शनका क्रममा माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा बोटबिरुवा, दुबोमा क्षति पुर्‍याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved