विद्यालय बन्द गरी शिक्षकहरू आन्दोलनमा गएकोप्रति व्यवस्थापन समिति महासंघको आपत्ति

नेपालभ्युज

विद्यालय बन्द गरी शिक्षकहरू आन्दोलनमा गएकोप्रति व्यवस्थापन समिति महासंघको आपत्ति
सांकेतिक तश्वीर

काठमाडौं। शिक्षकहरूको आन्दोलनका कारण विद्यालय बन्द भएको भन्द‌ै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले आपत्ति जनाएको छ ।

शिक्षक कर्मचारीहरूको मागलाई समर्थन गर्दै विद्यालय बन्द गराएको प्रति आपत्ति जनाएको हो । महासंघ अध्यक्ष गुणराज मोक्तानले एक विज्ञप्ति जारी गर्दै संविधान प्रदत्त शिक्षकको पेसागत अधिकार सुनिश्चित गर्न र शिक्षण पेसालाई सम्मानित, मर्यादित र आकर्षक बनाउन शिक्षकहरूले उठाउँदै आएका न्यायोचित माग प्रति सम्मान र समर्थन रहेको महासंघले जनाएको हो ।,

आफ्ना माग पूरा गराउन गरिएको विद्यालय नै बन्द गराएर गरेको कार्यक्रममा आफूहरूको असहमति रहेको जनाएको हो ।

अनिश्चितकालसम्मको विद्यालय बन्दका कारण बालबालिकाको सिकाइ अवरुद्ध भएको र अभिभावक चिन्तित बनेको महासंघको भनाइ छ ।

बालबालिकाको शैक्षिक अधिकारलाई खेलबाड नगर्न सरकार र आन्दोलनरत दुवै पक्षसँग माग गरेको छ । आम अभिभावक र समुदाय मौन रहन नसक्नेसमेत चेतावनी दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved