चिनियाँ विदेशमन्त्रीलाई आफ्नो गृहनगरमा स्वागत गर्दै रुसी राष्ट्रपति

नेपालभ्युज

चिनियाँ विदेशमन्त्रीलाई आफ्नो गृहनगरमा स्वागत गर्दै रुसी राष्ट्रपति

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनका विदेशमन्त्री वाङ यीलाई सेन्ट पिटर्सबर्गमा भेटवार्ता गर्ने  भएका छन् । रुसी राष्ट्रपतिको कार्यालयका अनुसार आज उनिहरूबीच राष्ट्रपतिको गृहनगरमा भेटवार्ता हुन लागेको हो ।

“आज राष्ट्रपति पुटिनले चिनियाँ विदेशमन्त्री वाङ यीलाई सेन्ट पिटर्सबर्गमा स्वागत गर्ने कार्यक्रम छ,” रुसी राष्ट्रपतिको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई बताएका छन् । क्रेमलिनले युक्रेनमा आक्रमण सुरु गरेपछि चीनसँग सम्बन्ध सघन बनाउने प्रयास गरिरहेको छ । अन्तरराष्ट्रिय समुदायबाट एक्लिएसँगै मस्कोले बेइजिङसँगको झुकाव बढाएको हो । चीनले युक्रेन द्वन्द्वमा आफूलाई तटस्थ राखेको छ ।

चिनियाँ विदेशमन्त्री याङ मस्को र बेइजिङ बीचको उच्चस्तरीय सम्पर्कको शृङ्खलालाई घनीभूत तुल्याउन चारदिने रुस भ्रमणमा छ । उनले गत सोमबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका थिए ।

यसअघि गत मार्चमा चीनका राष्ट्रपति सी चिनफिङले मस्कोको राजकीय भ्रमण गरेका थिए । त्यसबेला उनले शान्ति वार्तामा जोड दिएका थिए। राष्ट्रपति सीको रुस भ्रमणको पूर्वसन्ध्यामा बेइजिङले युक्रेनमा शान्ति स्थापना गर्नेसम्बन्धी दस्तावेज नै सार्वजनिक गरेको थियो । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved