हाथवे इन्भेस्टमेन्टको आइपीओ बाँडफाँट, ११ लाखभन्दा बढी आवेदकको हात खाली

नेपालभ्युज

हाथवे इन्भेस्टमेन्टको आइपीओ बाँडफाँट, ११ लाखभन्दा बढी आवेदकको हात खाली

काठमाडौं । हाथवे इन्भेस्टमेन्टको आइपीओ बाँडफाँट भएको छ । मंगलबार कम्पनीको बिक्री प्रबन्धक रहेको ग्लोबल आईएमई बैंकको कार्यालयबाट आइपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले जारी पुँजी एक अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति पाएको थियो । जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीको आइपीओमा सर्वसाधारणले २४ लाख २७ हजार ७५० कित्तामा आवेदन दिन पाउने व्यवस्था थियो । कम्पनीको आइपीओमा १२ लाख ७० हजार ९९१ आवेदकबाट कुल २ करोड ९७ लाख ५९ हजार ८२० कित्ता सेयर माग भएको थियो । जसमा १२ लाख ६७ हजार ७०९ आवेदकबाट परेको २ करोड ९६ लाख ५१ हजार ५२० कित्ता सेयर सदर भएको छ भने बाँकी आवेदन बदर भएको छ ।

यस आईपीओमा गोलाप्रथाबाट बाँडफाँट गर्दा भाग्यमानी १ लाख २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले सेयर पाएका छन् । त्यसैगरी ११ ला ४६ हजार ३२२ आवेदकको हात खाली भएको छ ।

उक्त आइपीओको नतिजा धितोपत्र बिक्री प्रबन्धक र आइपीओ निष्कासनकर्ता ग्लोबल आईएमई बैंकको वेबसाइटमा तथा सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved