गैरीगाउँको सामूहिक हत्या एकै जनाले गरेको खुलासा

नेपालभ्युज

गैरीगाउँको सामूहिक हत्या एकै जनाले गरेको खुलासा

काठमाडौं । गैरीगाउँमा भएको सामूहिक हत्या एकै जनाले गरेको खुलेको छ । पक्राउ परेका व्यक्तिले चारै जनाको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

आइतबार पक्राउ परेका व्यक्तिले चारै जनाको हत्या गरेको स्वीकारेका हुन् । प्रहरीले उनको नाम खुलाएको छैन ।

बोल्न नसक्ने उनले सांकेतिक भाषामै नविन राईको हत्या गर्ने उद्देश्यले गएको बयान दिएका छन् । उनले खुकुरी प्रहरी गरी हत्या गरेकोसमेत बताएका छन् ।

प्रहरीले सीसीटीभी फुटेजका आधारमा उनलाई पक्राउ गरेको हो ।

शुक्रबार राति गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङ बेलबारीका नवीन राईको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved