नेप्से परिसूचक ४२ अंकले घट्यो

नेपालभ्युज

नेप्से परिसूचक ४२ अंकले घट्यो

काठमाडौं। आइतबार सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्से आज ४२.१४ अंकले घटेर १९ सय अंकमा बन्द भएको हो ।

५६ लाख ५९ हजार कित्ता सेयर किनबेच हुँदा आज २ अर्ब २ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार परिसूचक घटे पनि ११ कम्पनीको सेयर मूल्य बढेको छ । यसमध्ये शुभम् पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । यसबाहेक, २१३ कम्पनीको सेयर मूल्य घट्दा ३ कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.२ प्रतिशतले घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved