एनसेलको वार्षिकोत्सव : स्कुटर उपहारदेखि १ हजार ग्राहकलाई ब्यालेन्ससम्म

नेपालभ्युज

एनसेलको वार्षिकोत्सव : स्कुटर उपहारदेखि १ हजार ग्राहकलाई ब्यालेन्ससम्म

काठमाडौं। एनसेलले आफ्नो १८औँ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूका लागि आकर्षक अफरहरू ल्याएको छ । आइतबार कम्पनीले वार्षिकोत्सवको अवसरमा पत्रकार सम्मेलन गराउँदै ग्राहकहरूलाई ७ वटा स्कुटरदेखि १ हजार ग्राहकहरूलाई ब्यालेन्सका अफरहरू ल्याएको घोषणा गरेको हो ।

जसमा प्रत्येकले ‘एभी कस्टमर इज अ विनर’ अफरमा सबै ग्राहकले २८ दिनसम्म केही सेवा सरप्राइज लोयल्टी गिफ्ट पाउनेछन् । जसका लागि ग्राहकले एस्ट्रिक्स १७११७ ह्यास डायल गर्नुपर्नेछ ।

प्रत्येक हप्ता एनसेलका भाग्यशाली १ हजार ग्राहकहरूले १ हजार रुपैयाँ ब्यालेन्स पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, अफरको अन्त्यमा सातजना भाग्यशाली ग्राहकले ७ वटा स्कुटर पाउनेछन् ।

साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्नका लागि ग्राहकहरूले अफर अवधिभर एनसेल सेवाहरू प्रयोग गरेको हुनुपर्छ । एनसेलको बारेमा रचनात्मक नारा एनसेल एप वा एनसेल वेबसाइटमार्फत एनसेललाई पठाउनुपर्नेछ ।

विगत १८ वर्षदेखि सञ्चालनमा रहेको एनसेलले सन २००५ मा पहिले मेरो मोबाइल सेवा सञ्चालनमा ल्याउँदै यात्रा सुरु गरेको थियो । नयाँ यात्राको सुरुवातसँगै एनसेलले आफ्नो ब्रान्डको बाचा ‘आज,भोलि, सधैँ सँगै’ अन्तर्गत रही ‘हामी तपाईंकै लागि’ थिमको पनि घोषणा गरेको छ ।

यस थिमअन्तर्गत एनसेलले सामाजिक कार्यहरू अघि बढाउन र नेपालमा समुदाय स्तरमा सार्थक प्रभाव पार्न श्रृंखलाबद्ध विभिन्न क्रियाकलाप, सहकार्य र कार्यक्रमहरूको पनि घोषणा गरेको छ ।

एनसेलले आफ्नो १८औँ वार्षिकोत्सव मनाउँदै ‘एटिन फर एटिन’ अर्थात् १८का लागि १८ कार्यक्रम पनि सुरु गरेको घोषणा गरेको छ । यसअन्तर्गत एनसेलले ७ वटै प्रदेशका गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको छ ।

यसका लागि एनसेलको वेबसाइटबाट आवेदन दिन सकिनेछ । निश्चित मापदण्ड पुर्‍याएर छानिने यस्ता सीएसआर आयोजनाका लागि कम्पनीले प्रतियोजना १० लाख रुपैयाँ रकम प्रदान गर्ने जनाएको छ ।

वार्षिकोत्सव कार्यक्रममा बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० एवम प्रबन्ध निर्देशक जाब्बीर कायुमोभले १८ वर्षको यात्राका बारेमा आफ्नो भनाइ राख्दै भने, ‘१ करोड ६० लाखभन्दा बढी नेपाली र नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा हामी गर्व गर्छौँ । एनसेल सधैं नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ । अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेवार बनेका छौं । हामी तपाईंकै लागि हो र धेरै वर्ष निरन्तर यात्राका लागि प्रतिबद्ध छौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved